पूर्वमन्त्री मोतिप्रसाद पहाडीको निधन
काठमाडौं। पूर्वमन्त्री मोतिप्रसाद पहाडीको ७७ वर्षको उमेरमा हिजो राति १ बजे भेरी अस्पताल, नेपालगञ्जमा उपचारका क्रममा निधन भएको छ। स्वर्गीय पहाडी २०५१ को संसदीय निर्वाचनमा डोल्पा जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। स्वर्गीय पहाडी आपूर्ति तथा वन मन्त्री र कानून राज्य मन्त्री भएका थिए।
प्रतिक्रिया दिनुहोस्
