सिरमले अन्य मुलुकलाई पनि खोप दिएको छैन काठमाडौं। भारतको सिरम इन्स्टिच्युटले नेपाललाई मात्र नभइ अग्रिम भुक्तानी दिएका मुलुकको खोप आपूर्ति पनि रोकेको बताइएको छ। सिरमको नेपालस्थित एजेन्ट हुकुम डिस्ट्रिब्युसनले नेपालसहित विश्वका अन्य मुलुकलाई पनि खोप नदिएको बताएको हो। उसले भनेको छ, "भारतमा कोरोना संक्रमणको ग्राफ उकालो लागेकाले खोप निकासी नै रोकिएको छ।" यसैगरी, सिरमको भवन जल्दा खोप उत्पादन घटेकाले समस्या आएको हो।
प्रतिक्रिया दिनुहोस्