निषेधाज्ञ अवज्ञा गरी चलाएका ४७० सवारी साधन होल्डमा काठमाडौं। निषेधाज्ञाको अवज्ञा गरी चलाइएका ४७० वटा सवारी साधनलाई आज बिहान काठमाडौँ उपत्यकाको विभिन्न स्थानमा ट्राफिक प्रहरीले होल्ड गरेको छ। होल्डमा राखिएकामा ३२१ वटा २ पाङग्रे, १३० वटा चारपाङग्रे र १९ वटा ठूला सवारी साधन रहेका छन्। नियन्त्रणमा लिइएका सवारी साधनलाई कारबाही गरेर छाडिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्