चलचित्रकर्मीका लागि खोप लगाउने खर्च उठाउँदै आदित्य चोपडा काठमाडौं। यश चोपडा फाउण्डेशनले ३०हजार चलचित्रकर्मीलाई कोरोना खोप लगाउन खर्च व्यहोर्ने भएको छ। फाउण्डेशनले महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेलाई पत्र पठाउँदै खोप किन्ने अनुमति दिन माग गरेको छ। फाउण्डेशनले चलचित्र क्षेत्रमा काम गर्ने कर्मचारीका लागि खोप किनेर लगाउन खोजेको हो। मुख्यमन्त्रीबाट कुनै जवाफ नआएको फाउण्डेशनका प्रमुख आदित्य चोपडाले बताए। फाउण्डेशनले फेडेरेशन अफ वेस्टर्न इण्डिया सिने एम्प्लाइज एसोसिएशनमार्फत खोप लगाउने जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्