जी-७ बैठकमा सहभागी हुन बेलायत पुगेको भारतीय विदेशमन्त्रीको टोलीलाई 'आइसोलेट' गरियो काठमाडौं। जी-७ को बैठकमा सहभागी हुन बेलायत पुगेको भारतीय विदेशमन्त्रीको टोलीलाई 'आइसोलेट' (अलग राखिएको) गरिएको छ। भारतीय विदेशमन्त्री एस. जयशंकर सम्भावित कोरोना संक्रमितको सम्पर्कमा आएको कारण देखाउँदै भारतीय टोलीलाई अलग राखिएको हो। भारत जी-७ को सदस्य नभए पनि अतिथिको रुपमा बोलाइएको थियो। बैठकलाई अब भारतीय विदेशमन्त्रीले भर्चुअल रुपमा सम्बोधन गर्ने जनाइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्