आगलागीबाट ३० लाखभन्दा बढीको क्षति काठमाडौं। पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा लागेका आगलागीका घटनाबाट ३० लाख ६० हजार रूपैयाँको आर्थिक क्षति भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सप्तरी, बारा, ताप्लेजुङ र कैलाली भएका आगलागीका घटनामा उक्त क्षति भएको हो। यो वर्ष आगलागीबाट ७ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्