सामसुङ कम्पनीले भारतलाई कोरोना नियन्त्रणका लागि ५० लाख डलर दिने एजेन्सी। दक्षिण कोरियाली इलेक्ट्रोनिक कम्पनी सामसुङले कोरोनाबाट सर्वाधिक पीडित भारतलाई ५० लाख डलर सहयोग दिने भएको छ। सामसुङले अस्पतालमा चिकित्सा उपकरण तथा स्वास्थ्यसम्बद्ध अन्य क्षेत्रमा पनि सहयोगको घोषणा गरेको छ। कोरोना महामारीको दोस्रो लहरबाट आक्रान्त भारतमा अहिले अक्सिजन, भेन्टिलेटर तथा रेमडिसिभिर औषधि अभाव छ। भारतले पछिल्लो समय कोरोना नियन्त्रणका लागि चौतर्फी सहयोग पाइरहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्