जनकपुरको आँप बगैंचामा प्लाष्टिकको बोराभित्र शव फेला
धनुषा। जनकपुर उपमहागरपालिका–२३ स्थित आँपको बगौंचामा प्लाष्टिकको बोराभित्र मंगलबार शव फेला परेको छ। शव नगराईन नगरपालिका–६ का ४५ वर्षीय ऐलुन राईको रहेको प्रहरीले जनाएको छ। बगैंचमा सेतो बोरा शंकास्पद अवस्थामा रहेको भन्ने खबर प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय धनुषा र प्रहरी चौकी जिरोमाईलबाट खटिएको प्रहरीले बोरा खोली हेर्दा शव भेटिएको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया दिनुहोस्
