पशुपतिमा शव व्यवस्थापनमा समस्या काठमाडौं। कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या अत्यधिक बढेकाले शव व्यवस्थापनमै समस्या देखिएको छ। दैनिक करिब ३० जनाभन्दा बढीको शवदाह गर्नुपर्ने अवस्था आएको छ। विद्युतीय शवगृहमा एउटा मात्र शव जलाउन करिब एक घण्टाको समय लाग्छ। तसर्थ विद्युतीय शवदाहमा मात्रै शव व्यवस्थापन गर्न नसकिएपछि बागमती खोलाको किनारमा शव जलाउनुपर्ने बाध्यता सिर्जना भएको पशुपति घाटसेवाका प्रमुख कुमार थापाले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्