बैतडीमा जिप दुर्घटना: पाँचको मृत्यु, पाँच घाइते बैतडी। पञ्चेश्वर गाउँपालिका-६ का वडा सदस्य गोविन्दसिंह भण्डारीको शव बोकेर जिल्ला अस्पताल आउँदै गरेको से १ ज १८३ नं को जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पञ्चेश्वर गाउँपालिका वडा नं ६ का जीतसिंह भण्डारी, डम्मरसिंह भण्डारी, हिम्मत भण्डारी, दीपक भण्डारी र जिप चालक तेजबहादुर बोहरा रहेको प्रहरी निरीक्षक दर्शन खड्काले बताए। रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्