आईपीएलमा कोरोना संक्रमित सात खेलाडी एजेन्सी। भारतमा कोरोनाको दोस्रो लहरको तीव्र फैलावटकाबीच पनि आईपीएल जारी रहेको छ। आईपीएलका खेलाडीमा कोरोना पुष्टि नभएको भने होइन। हालसम्म आईपीएलका सात खेलाडीमा कोरोना संक्रमणको पुष्टि भएको छ। कोरोना संक्रमित हुनेमा कोलकाताका तीन खेलाडी नीतीश राण, वरुण चक्रवर्ती र सन्दिप वारियर, दिल्लीका दुई खेलाडी अक्षर पटेल र एनरिक नोर्खिया र बैंगलोरका दुई खेलाडी देवदत्त पडिकल र ड्यानियल साम्स छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्