भारतमा निर्वाचन परिणामपछि इन्धनको मूल्य बढ्यो एजेन्सी। भारतका पाँचराज्यको विधानसभा निर्वाचन परिणामपछि पेट्रोल–डिजेलको मूल्य बढेको छ। १८ दिनपछि मुम्बई, दिल्लीसहित सबै ठूला सहरमा इन्धनको मूल्य केही वृद्धि गरिएको हो। मंगलबार राजधानी नयाँदिल्लीमा पेट्रोल ९०.५५ र डिजेल ८०.९१ प्रतिलिटर भारु पुगेको छ। भारतमा इन्धनबाट राजस्वको ठूलो हिस्सा प्राप्त हुन्छ। भ्याट, ट्याक्स अधिक लगाइनाले त्यहाँ इन्धन महंगो हुन पुगेको हो। कुनै पनि सरकार इन्धन कर हटाउन चाहँदैनन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्