मोटरसाईकल दुर्घटनामा चालकको मृत्यु रोल्पा। रोल्पा नगरपालिका–७ राम्जागाउँमा सोमबार मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा रोल्पा नगरपालिका–६ कोटगाउँका ४३ वर्षीय भविराम बाठा रहेका छन्। उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ। हिजो साँझ सवा ६ बजे बाठाले चलाएको रा १ प ६९१६ नम्बरको मोटरसाईकल आफैं अनियन्त्रित भई दुर्घटना भएको प्रहरी चौकी माडिचौरले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्