निषेधाज्ञाको अवज्ञा गर्ने सवारीसाधनका चालकलाई कारवाही गरिने काठमाडौं। ट्राफिक प्रहरीले अबदेखि निषेधाज्ञाको अवज्ञा गरी चलाइएका सवारीसाधन र चालकमाथि कारवाही गर्ने जनाएको छ। सोमबारसम्म अवज्ञा गरी चालइएका सवारीसाधनलाई नियन्त्रणमा राखी केही समय ‘होल्ड’ गरेर छोड्दै आएको थियो। आजबाट भने जरिवाना लगायतको कारवाही गरिने ट्राफिक प्रहरीले जनाएको छ। निषधाज्ञामा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, कुटनीतिक नियोग, एम्बुलेन्स र जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका अत्यावश्यक सेवाका सवारीसाधन मात्र सञ्चालन भइरहेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्