चट्याङ लागेर प्रहरी चौकीका प्रमुखको मृत्यु झापा। भद्रपुर नगरपालिका–२ मा रहेको किच्चकबध प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक महादेव ठाकुरको चट्याङ लगेर मृत्यु भएको छ । गएराति करिब ११ बजे परेको चट्याङ लागेर उनी घाइते भएका थिए। उनलाई उपचारका लागि भद्रपुरको ओमसाइ पाथिभरा अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । भारतसँगको सीमा नजिक रहेको सो अस्थायी प्रहरी चौकीको टोली साइकल गस्तीमा निस्किएको थियो ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्