चीनमा चालकरहित भाडाको कार एजेन्सी। चीनमा बाइडु कम्पनीले चालकरहित भाडाको कार चलाउन सुरु गरेको छ। आइतबार सुरु गरिएको यो सेवा चीनको पहिलो हो। उक्त कारमा चालक सिटमा सुरक्षा सदस्य बस्छन् र अप्ठेरो पर्दा उद्दार गर्छन्। चीनमा एकैसाथ १० वर्गकिलोमिटर क्षेत्रमा १० वटा अपोलो रोबोट्याक्सी चलाउन थालिएको हो। यात्रुले उक्त कार चढ्दा ३० युआन तिर्नुपर्छ। ट्याक्सी पर्यटकको आकर्षण बन्न थालेको बाइडुले बताएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्