चट्याङ लागेर एकैदिन १९ जना घाइते, एकको मृत्यु काठमाडौं। पछिल्लो चौबिस घण्टामा देशका ६ स्थानमा परेको चट्याङ लागी एक जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बारामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। यस्तै, चट्याङ लागेर रोल्पामा ७, कालिकोटमा ४, रुकुम पश्चिममा ४, मकवानपुरमा ३ र पर्सामा एक जना घाइते भएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्