कपिलवस्तु नगरपालिकाको स्थिति भयावह भन्दै, भोलि बिहान ४ बजेदेखि निषेधाज्ञा काठमाडौं। कपिलवस्तु नगरपालिकामा भोलि बिहान ४ बजेदेखि निषेधाज्ञा लगाउने नगर प्रमुख किरण सिंहले बताए। कोरोनाको दोस्रो लहर सुरु भएपछि कपिलवस्तु नगरपालिकामा हिजोसम्म ९५ जना संक्रमित र १४ जनाको मृत्य भएको स्थानीय स्वास्थ्य संयोजक उमेश गुप्ताले बताए। गत शनिबार तत्कालिन महिला बालबालिका कार्यालयको भवनमा २० बेड क्षमता र दुईवटा भेन्टिलेटरसहितको अस्पतालको काम सुरु गरेको नगर प्रमुख सिंहले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्