मलेसियाको सबा राज्यले लगायो नेपाली कामदारको आगमनमा रोक काठमाडौं। मलेसियाको सबा राज्यले नेपाली कामदारको आगमनमा अस्थायी रोक लगाएको छ। नेपालमा कोरोना संक्रमण बढेपछि सबा राज्यले नेपाली लगायत भारतीय, बंगलादेशी, पाकिस्तानी र श्रीलंकन कामदारको आगमनमा पनि रोक लगाएको हो। सबाका मुख्यमन्त्री डाटुक सेरि हाजिजीले उक्त जानकारी स्थानीय मिडियालाई दिएका हुन्। नेपाली कामदारको आगमनमा रोक आइतबारबाट लगाइएको हो। यसअघि उक्त राज्यले अमेरिका, फ्रान्स र ब्राजिलका नागरिकलाई प्रवेशमा रोक लगाएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्