सात जिल्लामा आजबाट निषेधाज्ञा सुरु काठमाडौं। कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न आजबाट थप सात जिल्लामा निषेधाज्ञा जारी गरिएको छ। गृह मन्त्रालयका अनुसार आजबाट निषेधाज्ञा जारी भएका जिल्लामा बैतडी, अर्घाखाँची, ताप्लेजुङ, रामेछाप, स्याङ्जा, बझाङ र बर्दिया रहेका छन्। आजसम्म देशभर ४१ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ, जसमध्ये २९ मा पूर्ण र १२ जिल्लामा आंशिक निषेधाज्ञा जारी गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्