गम्भीर परिणाम भोग्नुपर्ला अमेरिका : उत्तर कोरिया बीबीसी। उत्तर कोरियाले अमेरिकालाई चेतावनी दिँदै ‘गम्भीर परिणाम’को सामना गर्नुपर्ने बताएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले ठूलो गल्ती गरेको उत्तर कोरियाली नेता किम जोङ उनले आरोप लगाएका हुन्। उत्तर कोरियाले परमाणु कार्यक्रमबारे रणनीति घोषणा गर्नै लाग्दा अमेरिकामाथि औंला उठाएको हो। बाइेडनले हालैको एक भाषणमा उत्तर कोरिया ठूलो खतराका रुपमा रहेकाले त्यो देशसँग ‘शत्रुतापूर्ण नीति’ नै लिइने बताएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्