कोरोना भ्याक्सिन निर्माता सिरमका प्रमुख पुनावालाले भारत छाडे एजेन्सी। ‘‘देशका प्रभावशाली व्यक्तिहरुले भ्याक्सिनलाई लिएर मलाई उग्र दबाब दिन थाले, त्यसैले म पत्नी र बच्चाहरुका साथ लन्डन आएँ,’’ कोभिसिल्ड भ्याक्सिन निर्माता कम्पनी सिरमका प्रमुख अदार पुनावालाले बेलायती अखबार ‘दि टाइम्स’सँग भने। पुनावालालाई केही दिनदेखि सरकारले कडा सुरक्षा दिएको थियो। उनले थपे, ‘‘म एक्लैले सबथोक गर्नुपर्नेजस्तो व्यवहार गरियो। यही स्थितिमा म भारत फर्कन सक्ने अवस्था छैन।’’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्