महाकाली अस्पताललाई १० लाख आर्थिक सहयोग कन्चनपुर। बेदकोट नगरपालिकाले महाकाली अस्पताललाई स्वास्थ्य सामग्री खरीदका लागि १० लाख आर्थिक सहयोग गरेको छ। नगरप्रमुख अशोक चन्दले आज अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीलाई १० लाखको चेक हस्तान्तरण गरे। कोरोना महामारी नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सुरक्षा सामग्री, अक्सिजन, भेन्टिलेटरलगायत खरीदका लागि आर्थिक सहयोग गरेको नगरका प्रमुख चन्दले बताए। रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्