कांग्रेस नेता शिवबहादुर खड्काको निधन काठमाडौं। नेपाली कांग्रेसका नेता, संविधानसभा सदस्य तथा नेपाली कांग्रेस जिल्ला कार्यसमिति रामेछापका पूर्वसभापति शिवबहादुर खड्काको आज निधन भएको छ। भक्तपुरको गठ्ठाघरस्थित नागरिक अस्पतालमा उनको निधन भएको नेपाली कांग्रेसले जनाएको छ। १९९७ सालमा जन्मिएका स्वर्गीय खड्काले कांग्रेसको संगठन निर्माण र लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्