संविधानसभा सदस्य चौधरीको निधन काठमाडौं। कैलालीमा कोरोना भाइरसको संक्रमणबाट तत्कालीन संविधानसभा सदस्य रबनी चौधरीको निधन भएको छ। धनगढीस्थित नवजीवन अस्पतालमा उपचाररत चौधरीको आज अपराह्न मृत्यु भएको हो। कलेजो र मिर्गौला रोगले पीडित चौधरीलाई शनिबार अस्पताल भर्ना गरिएको थियो। कोरोना परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको थियो। एक्कासि स्वास्थ्यमा देखिएको गम्भीर समस्याले उनको निधन भएको श्रीमान् मोतीलालले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्