कोरोनाका कारण सिंगापुरले लगायो नेपालीमाथि रोक काठमाडौं। नेपालमा कोरोना संक्रमतिको संख्या बढ्दै गएपछि सिंगापुरले नेपालीलाई प्रवेशमा अस्थायी रोक लगाएको छ। नेपालीलाई मात्र होइन सिंगापुरले नेपालबाट जाने अन्य विदेशी र नेपाललाई ट्रान्जिट बनाएर जाने सबैलाई आफ्नो देश प्रवेशमा रोक लगाएको छ। कोरोना महामारी नियन्त्रण गर्न उक्त कदम चालिएको सिंगापुरले जनाएको छ। सिंगापुरले नेपाललगायत श्रीलंका, पाकिस्तान, बंगलादेश र पाकिस्तानका नागरिकलाई पनि प्रवेशमा रोक लगाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्