चट्याङबाट तीन जनाको मृत्यु, पाँच जना घाइते काठमाडौं। पछिल्लो चौबीस घण्टामा देशका आठ स्थानमा परेको चट्याङ लागेर तीन जनाको मृत्यु् भएको छ भने ५ जना घाइते भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकाअनुसार चट्याङ लागेर पाल्पामा एक जनाको मृत्यु र दुई जना घाइते, रोल्पामा एक जनाको मृत्यु र एक जना घाइते, सुनसरीमा एक जनाको मृत्यु भएको छ। यस्तै, दैलेखमा दुई जना घाइते भएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्