हुम्लामा चामल राजनीति, नेताको सिफारिसमा अनुदानको चामल
हुम्ला। हुम्लामा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत वितरण हुने अनुदानको चामल पाउन नेताको चिट (सिफारिस) लिनुपर्ने बाध्यता अझै हटेको छैन।

यसले पहुँचवालाले पर्याप्त चामल पाउने र सर्वसाधारण रित्तो हात फर्कनुपर्ने अवस्था छ।

अनुदानको चामल पाउने नेताको चिट लिनुपर्ने भएपछि खार्पुनाथमा चामल राजनीति चुलिँदै गएको छ।

यो वर्ष खाद्य संस्थानको खार्पुनाथ विक्री केन्द्रमा पाँच सय क्विन्टल चामलको कोटा छ। ठेकेदारले केन्द्रमा २७९ क्विन्टल झारिसकेका छन्। बाँकी चामल बाटोमै छ।

कोटाअनुसार चामल आइनपुग्दै विगतमा जस्तै अहिले पनि स्थानीय नेताले चामल राजनीति थालिसकेको आजको नागरिक दैनिकमा समाचार छ।

बिक्री केन्द्रमा आइसकेको चामल सांसद र नेताको चिटका आधारमा वितरण हुन थालेपछि नेकपा र नेपाली कांग्रेसबीच चामल राजनीतिको होड बढेको छ।

खापुँनाथ गाउँपालिका अध्यक्ष कर्णबहादुर रावल ठेकेदारले अनुदानको चामल गाउँपालिकालाई बुझाउने बताउँछन्।

केन्द्रमा आएको चामल प्रमुख जिल्ला अधिकारीले जारी गर्ने कुपन र नेताको चिटका आधारमा बाँडिन्छ।

अध्यक्ष रावलले भने, “नेकपाका नेताका कारण चामल वितरणमा राजनीति भइरहेको छ। नेपाली कांग्रेस प्रमुख जिल्ला अधिकारीले दिने कुपनका आधारमा चामल बाँड्नुपर्ने अडानमा छ।”

नेकपा सांसद र नेताले चिटका आधारमा चामल बाँड्न थालेपछि कांग्रेस सांसदले पनि चिट बाँड्न थालेका छन्।

सिमिकोटमा आयोजित कांग्रेस जनजागरण कार्यक्रमअन्तर्गतको विरोधसभामा कर्णाली प्रदेशका सांसद जीवनबहादुर शाहीले अनुदानको चामलको लागि चिट काटे।

सांसद शाहीले दिएको चिट लिएर कांग्रेस कार्यकर्ता खाद्य संस्थानको कार्यालयमा चामल लिन पुगे।

कांग्रेस कार्यकर्ता चामल उठाउन थालेपछि नेकपाका कार्यकर्ताले त्यसको विरोध गर्दै गोदाममा ताला लगाउन पुगे।

उनीहरूले लगाएको ताला गाउँपालिका अध्यक्ष र प्रहरीले खोलेका छन्।

प्रतिक्रिया दिनुहोस्