वालमार्टले भारतलाई अक्सिजन प्लान्ट दिने एजेन्सी। बहुराष्ट्रिय कम्पनी वालमार्टले भारतलाई २० अक्सिजन प्लान्ट र त्यति नै क्रायोजेनिक कन्टेनर दिने भएको छ। उक्त संस्थाले कोरोना रोकथामका लागि भारतका गैरसरकारी संस्थालाई २० लाख डलर सहयोगको घोषणा पनि गरेको छ। वालमार्टको महत्वपूर्ण सहयोगको घोषणा यस्तो समयमा आएको छ, जतिखेर भारत कोरोना संक्रमणबाट अधिक ग्रस्त बन्न पुगेको छ। वालमार्टको मद्दतबाट भारतमा अक्सिजन अभाव पूर्तिमा बल पुग्ने विश्वास गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्