नागरिकको जीवनरक्षा गर्न सरकार असफलः दिल्ली हाईकोर्ट एजेन्सी। दिल्ली हाईकोर्टले सरकार कोरोना संक्रमित नागरिकको जीवनरक्षा गर्न असफल भएको बताएको छ। एकजना संक्रमितका आफन्तले अदालत गुहारेपछि न्यायाधीश विपिन सांघी र रेखा पल्लीले भने, ‘नागरिक होइन, सरकार असफल भएको हो। हामी सबै असफल भएका हौं।’ भारतमा बढ्दो कोरोना संक्रमणले अस्पतालहरुमा अक्सिजन अभाव हुनुका साथै अन्य औषधिसमेतको हाहाकार मच्चिएको छ। त्यहाँ दैनिक संक्रमितको संख्या चार लाख नाघेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्