इजरायलद्वारा आफ्ना नागरिकलाई सात देश जान प्रतिबन्ध एजेन्सी। इजरायलले आफ्ना नागरिकलाई विभिन्न सात देश जान प्रतिबन्ध लगाएको छ। ती देशमा पछिल्लो समयमा कोरोना भाइरसको नयाँ भेरियन्ट पाइएको र महामारीको खतरा निकै बढेको भन्दै आफ्ना नागरिकलाई जान प्रतिबन्ध गरेको छ । यसरी प्रतिबन्ध गरिएका देशहरुमा युक्रेन, इथियोपिया, ब्राजिल, दक्षिण अफ्रिका, भारत, मेक्सिको र टर्की रहेका छन्। सो प्रतिबन्ध आगामी सोमबारबाट सुरु हुने र १३ दिनसम्म रहने छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्