दिल्लीमा लकडाउन एक हप्ता थपियो काठमाडौं। भारतको राजधानी नयाँ दिल्लीमा जारी लकडाउन एक साता थप गरिएको छ। दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले लकडाउन एक साता बढाउने घोषणा गरेका हुन्। अब १० मे सम्म लकडाउन हुनेछ। यसअघि ३ मे सम्म लकडाउन गरिएको थियो। यसअघि दिल्लीका व्यापारीहरूको संगठनले ३ मे पछि पनि स्वेच्छिक लकडाउनको घोषणा गरेको थिए। दिल्लीमा कोरोना महामारीको भयावह अवस्था छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्