सवारी दुर्घटना हुँदा एकको मृत्यु मकवानपुर। हेटौँडा उपमहानगरपालिका-९ मा आज दिउँसो सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बारा महागढीमाई नगरपालिका-४ का ३५ वर्षीय सञ्जयकुमार शुक्ला रहेका छन्। पूर्वपश्चिम राजमार्गको हेटौँडा उपमहानगरपालिका-९ पशुपतिनगरमा ना३८प ९३५३ नम्बरको मोटरसाइकल र बा८च २९५३ नंको कार एकापसमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालक शुक्लाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सामेन्द्रसिंह राठौरले बताए। रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्