अघिल्लो वर्ष बन्द भएको यार्सागुम्बा पाटन यस वर्ष खोल्ने निर्णय डोल्पा। अघिल्लो वर्ष बन्द गरिएका यार्सागुम्बा पाटन यसवर्ष खुला गर्ने निर्णय स्थानीय प्रशासनले गरेको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय डोल्पामा बसेको सर्वपक्षीय बैठकले जिल्लाका यार्सागुम्बा पाटन खुला गर्ने निर्णय गरेको हो। कोराना कहरले अघिल्लो वर्ष बन्द भएका यार्सागुम्बा पाटन यस वर्ष भने आगामी जेठ १० गतेदेखि खुला गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढकालले बताए। रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्