इजरायलको धार्मिक समारोहमा भागदौड, ४४ को मृत्यु एजेन्सी। उत्तरी इजरायलमा यहुदीको धार्मिक कार्यक्रममा भागदौड हुँदा ४४ जनाको मृत्यु भएको छ। मिडिया रिपोर्टअनुसार शुक्रबारको उक्त घटनामा डेढ सयभन्दा बढी घाइते भएका छन्। माउन्ट मेरोनमा वार्षिक धार्मिक समारोहमा ठूलो संख्यामा मानिस जम्मा भएका थिए। केही मानिस सिँढी ओर्लंदा लडेपछि भागदौड सुरु भएको प्रहरीको भनाइ छ। बिहीबार लाखौं मानिस धार्मिकस्थलमा पुगेका र शुक्रबार थप मानिस जम्मा भएको प्रहरीले बताएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्