नेपाल र डोमिनिकाबीच कूटनीतिक सम्बन्ध स्थापित काठमाडौं। नेपाल र क्यारेबियन मुलुक डोमेनिकाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ। यससँगै १६९ देशसँग नेपालको कूटनीतिक सम्बन्ध विस्तार भएको छ। कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी संयुक्त दस्तावेजमा संयुक्त राष्ट्र सङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई र डोमेनिकाका स्थायी प्रतिनिधि लोरिन रुथ बान्निस रोबर्टले हस्ताक्षर गरे। यस विषयमा दुवै देशका राजदूतले संयुक्तपत्रमार्फत राष्ट्र सङ्घका महासचिव एण्टोनियो गुटरेसलाई दिएको बताइएको छ। रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्