रुसी भ्याक्सिन स्पुतनिक-भी आज भारत पुर्‍याइँदै एजेन्सी। कोरोनाविरुद्धको रुसी खोप स्पुतनिक-भीको पहिलो खेप आज(मे १) भारत पुर्‍याइने भएको छ। भारतमा अहिले कोभिसिल्ड र कोभ्याक्सिन खोप लगाइएको छ। भ्याक्सिन अभाव झेलिरहेको भारतमा स्पुतनिक-भी उपलब्ध भएपछि खोप अभियान तीव्र हुने विश्वास गरिएको छ। भारतले उक्त खोप प्रतिडोज अधिकतम १० अमेरिकी डलर तिनुपर्ने छ। सुरुमा यो खोपमाथि आशंका गरिए पनि रुसले यसलाई सर्वाधिक प्रभाकारी दाबी गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्