अफगानिस्तानमा कार बम विस्फोट, कम्तीमा ३० को मृत्यु एजेन्सी। अफगानिस्तानको लोगार प्रान्तमा भएको कार बम विस्फोटमा कम्तीमा ३० जनाको मृत्यु भएको छ, ६० जना घाइते भएका छन्। विश्वविद्यालयका विद्यार्थी पनि बसेको एक गेस्टहाउसलाई निशाना बनाएर हमला गरिएको प्रहरीले बताएको छ। घटनाको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन। सेप्टेम्बर ११ सम्ममा अफगानिस्तानमा रहेका अमेरिकी सेना फिर्ता लैजाने राष्ट्रपति जो बाइडेनको घोषणापछि त्यहाँ झनै हिंसा बढेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्