१४ वटा विधेयक पारित गर्दै  प्रदेश १ को वर्खे अधिवेशन अन्त्य
विराटनगर। प्रदेश १ सभाको बर्खे अधिवेशन १४ वटा विधेयक पारित गर्दै ८ असोजमा अन्त्य भएको छ।

१३ जेठबाट शुरु भएको अधिवेशन अवधिमा ५३ वटा बैठक सञ्चालन भएको छ। अधिवेशनबाट १४ वटा विधेयक पारित गरिएको प्रदेश सभाका सूचना अधिकारी जयनारायण अधिकारीले बताएका छन्।

१४ विधेयकमध्ये १३ ओटा विधेयक सर्वसम्मत पारित भए। प्रदेश सभामा पेश भएको मनमोहन प्राविधिक विश्वविद्यालय सम्बन्धी विधेयक भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले फिर्ता लिन माग गर्दै विरोध गरेको थियो। विरोधका वावजुद यो विधेयक बहुमतले पारित भयो।  अन्य कानुनहरू सहमतिका आधारमा निर्माण भएका छन्।

चौथो अधिवेशनसम्म आइपुग्दा प्रदेशसभामा ५ वटा संशोधनसहित ४३ विधेयक पारित भएको प्रदेशसभा सचिवालयले जनाएको छ। जसमध्ये ४२ ओटा विधेयक सर्वसम्मत पारित भएका छन्।

वर्खे अधिवेशनले गाउँ सभा र नगर सभा सञ्चालन, प्रदेशको सार्वजनिक लिखत प्रमाणीकरण कार्यविधि, विनियोजन र आर्थिक कार्यविधि विधेयक पारित गरेको छ। यस्तै प्रदेश लोक सेवा आयोग, जाँचबुझ तथा अनुसन्धान आयोग, भवन निर्माण, सहकारी, स्वायत्त संस्था गठनसम्बन्धी विधेयक लगायतका पारित गरेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्