लेस्टर सिटी बराबरीमा रोकियो एजेन्सी। तेस्रो स्थानमा रहेको लेस्टर सिटी गएराती भएको इङ्लिस प्रिमियर लिगमा दश खेलाडीमा सिमित साउथह्याम्पटनसँग १–१ को बराबरीमा रोकिएको छ। बराबरीसँगै लेस्टरलाई शीर्ष चारको लक्ष्यमा धक्का लागेको छ। साउथह्याम्पटनका जानिक बेस्टरगार्डले दशौं मिनेटमै रातो कार्डको सामना गरेका थिए। ६१औं मिनेटमा जेम्स वार्ड–प्रोजले पेनाल्टीमा गरेको गोलबाट साउथह्याम्पटनले अग्रता लियो। लेस्टरका जोनी इभान्सले ६८औं मिनेटमा गोल गरे। साउथह्याम्पटन १४औं स्थानमा छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्