सर्वोच्च अदालतले तोक्यो रिट निवेदन र सुनुवाइ समय काठमाडौं। सर्वोच्च अदातलले कोभिड–१९ को महामारीका कारण बन्दाबन्दी भएको अवस्थामा रिट निवेदन दर्ता गर्ने र सुनुवाइको समय निर्धारण गरेको छ। अदालतले तोकेको समयानुसार बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिट तथा कोभिड महामारी, जीवन र जनस्वास्थसँग सम्बन्धित रिट निवेदनहरु दर्ताको समय बिहान ११ः०० देखि दिउँसो ३ः०० बजेसम्म रहेको छ। ती रिट निवेदनमध्ये बन्दी प्रत्यक्षीकरणको निवेदन दिउँसो १ः०० बजेसम्म दर्ता हुनेछ। रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्