जनकपुर–जयनगर रेल सेवा मंसिरदेखि सुरु
जनकपुरधाम। भारतको राजधानी नयाँदिल्ली, कोलकाता लगायत प्रमुख शहरसँग नेपाललाई जोड्ने लक्ष्य लिएको जनकपुरधाम–जयनगर रेल सेवा आउने मंसिर महिनाबाट सुरु हुने भएको छ।

रेल विभागका महानिर्देशक बलराम मिश्रले रेल सेवा सुचारु गर्न कम्तिमा दुई सय कर्मचारी आवश्यक रहेको बताएका छन्। कर्मचारी भर्ना प्रक्रिया र रेल इन्जिन नेपाल ल्याउन केही महिना लाग्ने भएपनि अब ढिलो नहुने र मंसिरको मध्यसम्ममा रेल सेवा सञ्चालनमा आउने महानिर्देशक मिश्रले बताए।

“सुरुमा भारतसँग भाडामा रेलको इन्जिन लिएर सेवा सञ्चालन गर्ने सम्झौता भएको, पछि भने नेपाल आफैंंले खरिद गर्ने निर्णय भएकोले खरिद प्रक्रियाले ढिलाइ भएको हो”, विभागका महानिर्देशक मिश्रले भने।

दुई वटा रेल खरिद गर्न भारतीय सरकारी कम्पनी कोकण रेलवेज कर्पोरेसन लिमिटेडसँग रेल खरिद अन्तिम चरणमा पुगेको आजको अन्नपूर्णले लेखेको छ।

पहिलो चरणमा भारत विहारको जयनगरदेखि जनकपुरधामको कुर्थासम्म ३५ किलोमिटरमा रेल सञ्चालन गर्न भौतिक संरचना रेल्वे लिकलगायत आवश्यक पूर्वाधार सबै तयार भएको रेल विभागका कर्मचारीले बताएका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्