जाजरकोटमा चट्याङ लागेर एक जनाको मृत्यु जाजरकोट। जाजरकोटको छेडागाड नगरपालिका-१२ बस्ने २७ वर्षीय गणेश बुढाको चट्याङ लागेर बिहीबार साँझ मृत्यु भएको छ। शिवालय गाउँपालिका-१ स्थित वडा कार्यालयको लागि काठ चिरेर सामान राख्नको लागि सोही ठाउँस्थित घुम्ती पसलमा जाने क्रममा चट्याङ लाग्दा उनको मृत्यु भएको हो। गृह मन्त्रालयकाअनुसार २०७८ साल सुरु भएयता चट्याङ लागेर १० जनाको मृत्यु भइसकेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्