आजदेखि निषेधाज्ञामा थप कडाइ काठमाडौं। निषेधाज्ञा जारी भएका विभिन्न जिल्लामा आजदेखि थप कडाइ गरिएको छ। निषेधाज्ञा लागेका जिल्लामा अन्य जिल्लाबाट यातायातका साधन तथा अन्य मानवीय आवागमन रोक्न गृह मन्त्रालयले अनुरोध गरेको छ। बिहीबार पहिलो दिन भएकाले यातायातका साधनहरू बाटोमै अड्किएका, यात्रु अलमल भएकाले केही सहजीकरण गरिएको भए पनि आजदेखि भने कडाइका साथ आदेशको पालना गरिने गृह प्रवक्ता जनकराज दाहालले जानकारी दिए ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्