तत्काल भारत छाड्न आफ्ना नागरिकलाई अमेरिकाको निर्देशन एजेन्सी। कोरोना त्रासका कारण तत्कालै भारत छाड्न अमेरिकाले आफ्ना नागरिकलाई भनेको छ। भारतमा तीव्र गतिमा फैलिरहेको संक्रमणका कारण अमेरिकाले एड्भाइजरी जारी गर्दै यस्तो भनेको हो। अमेरिकाले 'लेभल ४ ट्राभल हेल्थ नोटिस' जारी गरेको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले भारतलाई कोरोना संकटसँग जुध्न हरेकखालको मद्दत गर्ने घोषणा गरेलगत्तै यस्तो चेतावनी जारी गरिएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्