प्लाई फ्याक्ट्रीमा आगलागी हुँदा तीन करोडको क्षति काठमाडौं। झापाको मेचीनगर नगरपालिका-१५ लालझोडास्थित भगवती प्रा.लि उद्योग (प्लाई फ्याक्ट्री)मा बिहीबार बिहान आगलागी हुँदा तीन करोड बराबरको आर्थिक क्षति भएको छ। प्रहरीकाअनुसार आगलागी हुँदा फ्याक्ट्रीमा रहेका मेसिनलगायत सामानहरु जलेको छ। गृह मन्त्रालयकाअनुसार २०७८ वैशाख १ गते यता आगलागीका घटनाबाट देशभर २२ करोड रुपैयाँ भन्दा बढीको क्षति गरेको र १० जनाको मृत्यु भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्