नेपाली डिजाइनर प्रवल गुरुङको पोशाक लगाएर अमेरिकी उपराष्ट्रपति संसदमा काठमाडौं। अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस नेपाली डिजाइनर प्रबल गुरुङले डिजाइन गरेको कपडा लगाएर संसदमा उपस्थित भएकी छिन्। बिहीबार अमेरिकी राष्ट्रपति जो बाइडेनले संयुक्त सदनलाई सम्बोधन गरेका थिए। त्यही बैठकमा उपराष्ट्रपति ह्यारिस पनि सहभागी थिइन्। उनले प्रबलले डिजाइन गरेको डबल क्रिपक्रिम सुट र सिल्कको चार्मयुज लगाएकी थिइन्। यसलाई प्रबलले इतिहासकै शक्तिशाली र खुशीको क्षण भएको प्रतिक्रिया दिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्