चट्याङ लागेर एकको मृत्यु, दुई जना घाइते काठमाडौं। देशका बिभिन्न स्थानमा परेको चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकाअनुसार तेह्रथुमको आठराई गाउँपालिका-४ मा हिजो परेको चट्याङ लागेर एक जनाको मृत्यु भएको हो। सोलुखुम्बु र इलामा एक-एक जना घाइते भएका छन्। २०७८ वैशाख १ गते यता चट्याङ लागेर देशभर १० जनाको मृत्यु भइसकेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्