निषेधाज्ञाले सुनसान काठमाडौं उपत्यका काठमाडौं। आजदेखि लागू भएको निषेधाज्ञाका कारण काठमाडौं उपत्यका सुनसान बनेको छ। निषेधाज्ञामा अत्यावश्यक सेवाका सवारीसाधन मात्रै चलेका छन्। कोरोना भाइरसको संक्रमण बढेपछि तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले आजदेखि लागू हुनेगरी निषेधाज्ञा घोषणा गरेका थिए। आजदेखि लागू भएको निषेधाज्ञा वैशाख २२ गते राति १२ बजेसम्म कायम रहने छ । त्यसपछि थप एक साता निषेधाज्ञा लागू गर्ने निर्णय मन्त्रिपरिषदले गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्