निषेधाज्ञाले हाम्रो दैनिक जनजीवन अझै कष्टकर हुनेछः उपराष्ट्रपति पुन काठमाडौं। उपराष्ट्रपति नन्दबहादुर पुन 'पासाङ'ले भर्खरै लयमा फर्कन लागेको मुलुकको अर्थतन्त्रमा निषेधाज्ञाले ठूलो असर गर्ने बताएका छन्। 'काठमाडौं उपत्यकामा निषाधेज्ञा सुरु हुनुअघि हजारौं मानिसले उपत्यका छोडेर घर फर्कन लाग्दाका दृष्यहरु दुःखद छन्। निषेधाज्ञाले हाम्रो दैनिक जनजीवन अझै कष्टकर हुनेछ," उपराष्ट्रपतिद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ। कोरोना भाइरस नियन्त्रणका लागि निषेधाज्ञाजस्तो अप्रिय निर्णय कार्यान्वयन गर्नुको विकल्प नभएको विज्ञप्तिमा उल्लेख छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्